कुनै व्यक्ति वा निज को प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताको फिल्ड रेखाङ्कनका लागि देहाय बमोजिमको कागजात संलग्न गरी जग्गा नाप जाँच तथा नक्सा श्रेस्ता अद्यावधिक सम्बन्धी निर्देशन, २०८१ को अनुसूची-२० बमोजिम कार्यालयमा निवेदन पेश गर्न सक्नेछ ।

क. जग्गाधनी दर्ता प्रमाणपत्रको प्रतिलिपि,
ख. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
ग. चालु आ.व. को तिरो तिरेको रसिदको प्रतिलिपि,
घ. रेखाङ्कन माग गरिएको कित्ता देखिने नक्सा प्रिन्ट,
ङ. पारित लिखतको प्रतिलिपि ।