कुनै व्यक्ति वा निज को प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताहरूको कित्ता एकीकरणको लागि देहाय बमोजिमको कागजात संलग्न गरी जग्गा नाप जाँच तथा नक्सा श्रेस्ता अद्यावधिक सम्बन्धी निर्देशन, २०८१ को अनुसूची-१९ बमोजिम कार्यालयमा निवेदन पेश गर्न सक्नेछ ।
क. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
ख. जग्गाधनी दर्ता प्रमाणपत्रको प्रतिलिपि,
ग. चालु आर्थिक वर्षको तिरो तिरेको रसिदको प्रतिलिपि,
घ. एकीकरणका लागि माग भएका कित्ताहरू देखिने नक्सा प्रिन्ट ।